Logo

च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

ई-खेलकुद २०७८ जेठ १६ , आईतबार ०६:०५ मा प्रकाशित

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । पोर्चुगलमा गएराती भएको फाईनलमा अर्को प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीलाई १–० ले हराउदै चेल्सीले दोस्रो पटक उपाधि हात पारेको हो । काई हाभर्टजले खेलको ४२ औ मिनेटमा गरेको एकमात्र गोल चेल्सीको जितमा निर्णायक बन्यो ।
योसंगै पहिलो पटक फाईनल पुगेको प्रिमियर लिग विजेता सिटी च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ । चेल्सीले यो सिजनका तीनै भेटमा सिटीलाई पराजित गरेको छ । यसअघि चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । पोर्टोमा बल पोजिशनमा पकड बनाएपनि सिटीले पाएका केहि अवसर खेर फाल्दा पराजित भएको हो ।
टोलीका मुख्य प्रशिक्षक थोमस टुचेलले टोलीलाई अनुबन्धन भएको पहिलो बर्षमै युरोपियन च्याम्पियन बनाएका हुन् । अघिल्लो सिजन उनी पेरिस सेन्ट जर्मेन पिएसजीमा रहेका थिए । गतबर्ष उनको टोली पिएसजी फाईनलमा बार्यन म्युनिखसंग पराजित भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?