Logo

च्याम्पियन्स लिगमा बार्सा र किभ तथा युभेन्टस र फेरेन्भारोस भिड्दै

ई-खेलकुद २०७७ मंसीर ९ , मंगलबार ०९:११ मा प्रकाशित

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदैछन् । चौथो चरणको खेलका लागि १६ टोली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । दिनको पहिलो समय राती पौने १२ बजे सेभिया र क्रास्नोडार तथा चेल्सी र रेनेस प्रतिस्पर्धामा उत्रनेछन् । समुह ईमा चेल्सी र सेभिया शीर्ष स्थानमा पुग्ने होडमा रहेका छन् । क्रास्नोडारको मैदानमा सेभिया तेस्रो जित संगै शीर्ष स्थानमा पुग्ने योजनामा छ । पुछारमा रहेको रेनेससंग चेल्सीले उसैको मैदानमा खेल्न लागेको हो । समुह ई मा चेल्सी र सेभियाको समान ७ अंक रहेको छ ।
अन्य ६ खेल भने राती पौने २ बजे सुरु हुनेछन् । सो समय समुह एफका बोरुसिया डर्टमण्ड र क्लब ब्रुग, लाजियो र जेनित सेन्ट पिटर्सवर्ग प्रतिस्पर्धा गर्नेछन् । घरेलु मैदानमा डर्टमण्ड तेस्रो जितसंगै शीर्ष स्थान कायमै राख्ने योजनामा छ । १ जित र २ बराबरी हात पारेको लाजियो घरेलु मैदानमा दोस्रो जितको खोजीमा रहनेछ ।
ग्रुप जी अन्तर्गत बार्सिलोना र डाईनामो किभ तथा युभेन्टस र फेरेन्भारोस आमने सामने हुनेछन् । किभको मैदानमा हुने खेलमा बार्सा नियमित कप्तान लियोनल मेसी बिनै मैदान उत्रनेछ । प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई आजको खेलमा आराम दिएका हुन् । ३ खेलबाट ९ अंक सहित समुहको शीर्ष स्थानमा रहेको बार्सा लगातार चौथो जित निकाल्ने दाउमा छ ।
युभेन्टसले घरेलु मैदानमा हंगेरियन क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो । २ जित र १ हारको नतिजासंगै दोस्रो स्थानमा रहेको सिरि ए क्लब आज तेस्रँे जितको खोजीमा रहनेछ ।
प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले स्तानबुल बसाकसेरसंग तथा पेरिस सेन्ट जर्मेन पिएसजीले आरबी लाईपजिगसंग खेल्नेछन् । समुह एचमा युनाईटेड र लाईपजिगको समान ६ अंक छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?