Logo

च्याम्पियन्स लिगमा बार्सा, चेल्सी, पिएसजी र म्यान युको जित

ई-खेलकुद २०७७ कात्तिक १३ , बिहीबार ०८:१० मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलका पछिल्ला खेलमा बार्सिलोना, चेल्सी, पेरिस सेन्ट जर्मेन पिएसजी र म्यानचेष्टर युनाईटेड विजयी भएका छन् । लाजियो र क्लब ब्रुगले एक एकको बराबरी खेदै अंक बाँडेका छन् ।
ग्रुप जी अन्तर्गतको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २–० ले हराएको हो । युभेन्टसको मैदानमा बार्सालाई जिताउन उसमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे । १४ औ मिनेटमा डेम्बेलेको गोलमा अग्रता बनाएको बार्साका लागि मेस्सीले ईन्जयुरी समयमा पेनाल्टिमा गोल थपेका थिए । कोरोना संक्रमणका कारण युभेन्टसका स्टाईकर रोनाल्डोले बार्साबिरुद्धको खेल गुमाएका थिए । २ खेलबाट ६ अंक जोडेको बार्सा समुहको शीर्ष स्थानमा छ । सोही समूहको खेलमा डायनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
पिएसजीले इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । पीएसजीको जितमा दुबै गोल मोइस केनले गरे । ६४ औं मिनेटमा पहिलो गोल गरेका उनले ७९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरीएका थिए । च्याम्पियनस लिगमा पिएसजीको यो पहिलो जित हो ।
म्यानचेस्टर युनाइटेडले भने शानदार जित हात पारेको छ । जर्मन क्लब आरबी लेइपजिगलाई ५–० ले हराउदै म्यान युनाईटेड ६ अंकमा ग्रुप एचको शीर्ष स्थानमा पुगेको छ । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन मार्कुस राष्फोर्डले ह्याट्रिक गरे । मासुन ग्रिनउड र एन्थोनी मार्सियलले एक एक गोल थपे । यसअघि उसले फ्रेन्च क्लब पीएसजीलाई हराएको थियो ।
अर्को इंग्लिस क्लब चेल्सीले पनि रसियन क्लब क्रान्सोडरमाथि ४–० को शानदार जित निकालेको छ । क्रान्सोडरको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन कालुम हडसन–ओडोइ, टिमो वेर्नर, हाकिम जियाच र क्रिस्टियन पुलिसिकले गोल गरे । जितसँगै चेल्सी समूह ‘ई’को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट उसको ४ अंक भएको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्डले रसियन क्लब जेनित सेन्ट पिटर्सवर्गमाथी २–० को जित निकालेको छ । घरेलु मैदानमा डटर्मण्डलाई जिताउन जाडोन सान्चो र इयर्लिङ हालाण्डले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८औं मिनेटमा सान्चोले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै हालाण्डले इन्ज्युरी समयमा गोल गर्दै डर्टुमण्डलाई २–० को जित दिलाए । जितसँगै डर्टमण्डले ३ अंक जोडेको छ । ऊ समूह ‘एफ’को तेस्रो स्थानमा छ ।
गएराती नै सेभियाले रेन्नेसलाई १–० ले स्तब्ध पार्यो । ५५ औ मिनेटमा डि जोङले गोल गर्दै सेभियालाई जित दिलाएका थिए । २ खेलबाट ४ अंक जोडेको सेभिया ग्रुप ईको दोस्रो स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?