Logo

च्याम्पियन्स लिगमा बायर्न, लिभरपुल र म्यान सिटीको शानदार जित

ई-खेलकुद २०७७ कात्तिक १९ , बुधबार ०६:११ मा प्रकाशित

एजेन्सी । बायर्न म्युनिख, लिभरपुल र म्यान सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेका छन् । लगातार तेस्रो जित निकाल्ने क्रममा बायर्नले रेडबुल साल्जबर्गलाई ६–२ को फराकिलो जित हात पार्यो । साल्जबर्गको मैदानमा बायर्नलाई जिताउन रोबर्ट लेबान्डोस्कीले २ तथा जेरोमी बोटेङग, लेरोई साने र लुकास हेर्नाण्डेजले गोल गरे । अर्को गोल उसले उपहरास्वरु पाएको थियो । पहिलो हाफमा २–१ को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा १ गोल खाँदै ४ गोल थपेको थियो । ३ खेलबाट ९ अंक जोडेको बायर्न समुह एको शीर्ष स्थानमा छ । सोहि समुहको खेलमा एट्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले एक एकको बराबरीको नतिजा निकालेका थिए ।
समुह बीको खेलमा रियल मड्रिडले ईन्टरमिलानबिरुद्ध ३–२ को संर्घषपुर्ण जित निकाल्दा बोरुसिया मोन्चेनग्लाण्डवाखले साख्तार डोनेत्स्कलाई ६–० को फराकिलो अन्तरले हरायो । ३३ औ मिनेटसम्म २–० ले अघि रहेको रियलबिरुद्ध ईन्टरले लगातार २ गोल गर्दै खेलमा फर्किएको थियो । रियलको जितमा करिम बेन्जीमा, सर्जियो रामोस र रोड्रिगो गोएसले गोल गरे । ईन्टरका लाउतारो मार्टिनेज र इभान पेरिसिकले गोल गरे । च्याम्पियन्स लिगमा रियलको पहिलो जित हो । समुह बीमा ग्लाण्डबाख ५ अंकमा तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियल ४ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।
समुह सीको खेलमा म्यानचेष्टर सिटीले ओलम्पियाकोस तथा एफसी पोर्टोले मार्सेलीलाई समान ३–० ले स्तब्ध पारे । च्याम्पियन्स लिगमा सिटीको यो तेस्रो जित हो । ३ खेलबाट ९ अंक जोडेको सिटी समुहको शीर्ष स्थानमा छ । पोर्टो ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।
ग्रुप डिको खेलमा लिभरपुलले एटलान्टालाई ५–० को फराकिलो अन्तरले हरायो । डिएगो जोटाको ह्याट्रिकमा लिभरपुलले शानदार जित हात पारेको हो । थप गोल महम्मद सलाह र सादियो मानेले एक एक गोल थपे । सिजनका तीनै खेलमा जित निकालेको लिभरपुल ९ अंकमा समुहको शीर्ष स्थानमा छ । यसै समुहको अर्को खेलमा आयाक्सले एफसी मिट्जेल्याण्डलाई २–१ ले हरायो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?