Logo

च्याम्पियन्स लिगमा आज युभेन्टसले पोर्टोसंग खेल्दै

ई-खेलकुद २०७७ फागुन ५ , बुधबार ०३:०२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज अन्तिम १६ को पहिलो लेगमा थप २ खेल हुदैछन् । आज इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग उसैको मैदानमा खेल्नेछ । यी दुई टोलीबिचको प्रतिस्पर्धा नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । युभेन्ट्स पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । पोर्टो पनि घरेलु मैदानमा जित निकाल्दै अघिल्लो चरण प्रबेशको संभावना बलियो बनाउन चाहान्छ ।
सोहि समय जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभियाको सामना गर्नेछ । सेभियाको मैदानमा हुने खेलमा दुबै टोली स्पष्ट जित निकाल्दै क्वार्टरफाईनल प्रबेशको संभावना बलियो बनाउने लक्ष्यमा हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?