Logo

च्याम्पियन्स लिगमा आज बार्सा र युभेन्टस भिड्ने

ई-खेलकुद २०७७ मंसीर २३ , मंगलबार ०७:१२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदैछ । अन्तिम चरणको खेलका लागि बिभिन्न १६ टोली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । आज समुह ई, एफ, जी र एचका समान २ खेल हुनेछन् । समुह ईका चेल्सी र एफके क्रास्डोनार नेपाली समयानुसार राती पौने २ बजे आमने सामने हुनेछन् । घरेलु मैदानमा हुने खेलमा चेल्सी पाँचौ जितसंगै अपराजित रहने योजनामा छ । समुहचरणबाटै बाहिरिसकेको क्रास्डोनार दोस्रो जितसंगै सिजनको अन्त्य गर्ने योजनामा छ ।
सोहि समुहको अर्को खेलमा सेभिया र रेन्नेस आमने सामने हुनेछन् । यो खेलपनि राती पौने २ बजे नै सुरु हुनेछ । सेभिया यसअघि नै नकआउट चरणमा प्रबेश गरिसकेको छ भने रेन्नेस च्याम्पियन्स लिगमा पहिलो जितको खोजीमा छ ।
ग्रुप एफको खेलमा लाजियो र क्लब ब्रुग तथा बोरुसिया डर्टमण्ड र जेनित सेन्ट पिटर्सवर्ग प्रतिस्पर्धामा उत्रनेछन् । दुबै खेल नेपाली समयानुसार राती पौने १२ बजे सुरु हुनेछ । यो समुहबाट डर्टमण्ड र लाजियो अघिल्लो चरण नजिक पुगेका छन् । लाजियोलाई हराए ब्रुगले अघिल्लो चरणमा स्थान बनाउनेछ ।
समुह जी अन्र्तगतको खेलमा बार्सिलोना र युभेन्टस तथा डाईनामो किभ र फेरेन्भारोसी मैदान उत्रनेछन् । नाउ क्याम्पमा नेपाली समयानुसार राती पौने २ बजे बार्साले युभेन्टससंग खेल्नेछ । दुबै टोली यसअघि नै नकआउट चरणमा प्रबेश गरिसकेका छन् । च्याम्पियन्स लिगमा बार्सा शत प्रतिशत नतिजासंगै अघिल्लो चरणमा प्रबेश गरिसकेको छ । युभेन्टसलाई भने अघिल्लो खेलमा भोगेको हारको बदला लिने अवसर पनि जुरेको छ । किभ र फेरन्भारोसीबिचको खेल पनि सोहि समय सुरु हुनेछ ।
रोमाञ्चक समिकरणका बिच समुह जीका म्यानचेष्टर युनाईटेड र आरबी लाईपजिग तथा पेरिस सेन्ट जर्मेन पिएसजी र स्तानबुल बसाकेसीर प्रतिस्पर्धा गर्नेछन् । दुबै खेल राती पौने २ बजे सुरु हुनेछ । समान ९ अंक जोडेका म्यान युनाईटेड, पिएसजी र लाईपजिग आजको खेलमा आफु अनुकुलको नतिजा निकाल्दै नकआउट चरणको यात्रा तय गर्ने योजनामा रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?