Logo

च्याम्पियन्स लिगको फाईनल खेल पोर्चुगलमा हुने

ई-खेलकुद २०७८ वैशाख ३० , बिहीबार ०७:०५ मा प्रकाशित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलको पोर्टोमा हुने भएको छ । कोरोना माहामारीपछि जारी भएको यात्रा प्रतिबन्धका कारण फाईनल खेलस्थल परिवर्तन गरिएको हो । युरोपेली फुटबल महासंघ युएईएफले आज च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने तय गरेको हो । यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबिचको उपाधि भिडन्त मे २९ मा हुनेछ ।
टर्कीको इस्तानबुलमा फाईनल खेल हुने पुर्बनिर्धारित तालिका भएपनि टर्किमाथी बेलायतले यात्रा प्रतिबन्ध जारी गरेका कारण आयोजनास्थल परिवर्तन गरिएको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?