Logo

चेल्सी र टटनह्यामको बराबरी, आर्सनल पराजित

ई-खेलकुद २०७७ मंसीर १५ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीका खेलमा म्यानचेष्टर युनाईटेड र वुल्भरहेम्प्टन विजयी भएका छन् । चेल्सी र टटनह्यामले भने गोलरहित बराबरीको नतिजा निकालेका छन् । साउथ हेम्प्टनलाई ३–२ गोल अन्तरले हराउदै म्यानचेष्टर युनाईटेड तालिकाको आठौ स्थानमा पुगेको हो । पहिलो हाफमै २–० ले पछि परेको युनाईटेडले दोस्रो हाफमा लगातार ३ गोल गर्दै पुनरागमन जित हात पारेको हो । ईडिसन काभानी चम्किदै २ गोल गरेपछि युनाईटेड जित निकाल्न सफल बन्यो । बुर्नो फर्नाण्डेजले एक गोल गरे । ९ खेलबाट युनाईटेडको १६ अंक भएको छ ।
चेल्सीसंग बराबरीमा रोकिएपनि टटनह्याम भने तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलसंग समान २१ अंक भएपनि गोलअन्तरमा अघि रहदै टटनह्याम शीर्ष स्थानमा फर्किएको हो ।
आर्सनललाई २–१ ले हराएको वुल्भरहेम्प्टन भने तालिकाको छैटौ स्थानमा पुगेको छ । पेड्रो नेटो र कास्टेलो पेडेन्सले गोल गर्दै टोलीलाई वुल्भरलाई जित दिलाए । खेलमा सबै गोल पहिलो हाफमै संभव भएको थियो । आर्सनलका डोस सान्तोसले एक गोल फर्काए । १० खेलबाट १७ अंक जोडेको वुल्भरले एभर्टनलाई १ अंकले पछि पारेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?