Logo

चेल्सीले एट्लेटिको तथा बायर्नले लाजियोसंग खेल्दै

ई-खेलकुद २०७७ चैत्र ४ , बुधबार ०३:०३ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज प्रिक्वार्टरफाईनलका अन्तिम दुई खेल हुँदैछन् । आज हुने अन्तिम १६ को दोस्रो लेगका दुवै खेल नेपाली समयानुसार राति पौने २ बजे सुरु हुनेछन् । दोस्रो लेगमा ईङलिश क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिड तथा जर्मन क्लब बायर्न म्युनिखले ईटालियन क्लब लाजियोसंग खेल्नेछन् ।
आजका दुई खेलसँगै क्वार्टरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ । यसअघि आ आफ्ना प्रतिद्धन्दीलाई हराउदै रियल मड्रिड, म्यानचेस्टर सिटी, पोर्टो, बोरुसिया डर्टमण्ड,पेरिस सेन्ट जर्मेन (पिएसजी) र लिभरपुलले अन्तिम आठमा स्थान पक्का गरिसकेका छन् ।
लाजियोबिरुद्ध मैदान उत्रदा बायर्न सहज जितसंगै प्रिक्वार्टरफाईनल यात्रा तय गर्ने योजनामा रहनेछ । अवे खेलमा ४–१ को शानदार जित निकालेकाले घरेलु मैदानमा हुने खेल बायर्नका लागि निक्कै सहज रहनेछ ।
इङ्ग्लिस क्लब चेल्सीले पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई उसैको मैदानमा १–० ले हराएकाले घरेलु मैदानमा हुने खेल सहजपुर्ण रहनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?