Logo

चाईनिज ताईपेईबिरुद्ध २ खेलाडी परिवर्तन

ई-खेलकुद २०७८ जेठ २० , बिहीबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । दुई खेलाडीलाई परिवर्तन गर्दै विश्वकप तथा एसिया कप छनोट अन्तर्गत चाईनिज ताईपेईबिरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ टोली सार्बजनिक भएको छ । टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ईराकसंगको खेलमा उतारेको टोलीमा २ खेलाडी परिवर्तन गरेका हुन् ।
अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका छन् । नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामालाई सुरुवाती ११ मा राखिएको छ । आक्रमणमा अन्जन विष्टलाई आशिष र सुनिल बलले साथ दिनेछन् । कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयानुसार अहिले राती पौने १० बजे सुरु हुदैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आजपनि जित निकाल्दै एसीयन कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने योजनामा छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?