Logo

चन्द्रपुरलाई हराउदै वालिङ तेस्रो स्थानमा

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०५:०२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा स्याङजाको वालिङ नरपालिकाले सुखद अन्त्य गरेकोछ । लिग चरणको आफ्नो अन्तिम खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० ले हराउदै वालिङ तालिकाको तेस्रो स्थानमा पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा वालिङलाई सहज जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले गोल गरे ।
१७ औं मिनेटमा हिमाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको वालिङले दोस्रो हाफमा २ गोल गर्दै सहज जित हात पारेको हो । ४७ औं मिनेटमा क्यामरुनी खेलाडी रुथले टोलीको अग्रता दोब्बर पारिन् । त्यसको ७ मिनेटपछि अमिशाले गोल गर्दा वालिङ ३–० को बलियो अवस्थामा पुग्यो । जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट उसको १७ अंक भएको छ । चन्द्रपुर भने ९ अंकमा तालिकाको छैटौ स्थानमा रह्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?