Logo

ग्लोबल छनोट अघि नेपालले तीन राष्ट्रसँग सिरिज खेल्ने

ई-खेलकुद २०७८ माघ ६ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपाली क्रिकेट टोलीले तीन राष्ट्रसँग टी–२० सिरिज खेल्ने भएको छ । ओमानमा हुने प्रतियोगीताअघि नेपालले आयोजक ओमान, युएई र आयरल्याण्डसँग सिरिज खेल्ने भएको हो । नेपाल क्रिकेट संघ क्यानका अनुसार कत्ति म्याचको सिरिज भन्ने बारे भने अहिले यकिन भइसकेको छैन् ।
ग्लोबल छनोटको समूह ए अन्तर्गतका खेलहरु फेब्रसअरी १७ देखी २४ सम्म ओमानमा हुनेछ । छनोट र त्यसअघिको सिरिज खेल्न नेपाली टोली फेब्रुअरी ९ तारिखमा ओमान उड्ने छ । सिरिजका लागि नेपालले सन्दिप लामिछानेको कमानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । समूहमा रहेका ८ टोलीलाई २ समूहमा विभाजन गरी प्रतियोगीता हुनेछ । जसमा नेपाल रहेको समूहमा आयोजक ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?