Logo

ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल र ओमान भिड्दै

ई-खेलकुद २०७८ फागुन ६ , शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियामा यसै बर्ष हुने टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोट ओमानमा आज सुरु हुँदैछ । छनोटको उद्घाटन खेलमा आज आयोजक ओमान र नेपाल प्रतिस्पर्धा गर्दैछन् ।

मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । घरेलु टोलीविरुद्व मैदान उत्रदा नेपाली टोली स्पष्ट जितसहित सेमिफाइनल प्रबेशको बलियो आधार तयार पार्ने लक्ष्यमा हुनेछ । ओमानलाई हराउन सके नेपालको सेमिफाइनल लक्ष्य सहज हुनेछ ।

छनोट अघि भएको चारदेशीय टि–ट्वान्टी सिरिजमा ओमानलाई ६ विकेटले हराएको नेपाल आफ्नो सोहि लयलाई कायम राख्न चाहान्छ । ओमान भने सो हारको बदला लिदै छनोटमा सुखद सुरुवातको योजनामा छ । ओमानसँग पछिल्ला २ भेटमा नेपाल एक खेलमा विजयी भएको थियो भने अर्को खेल ओमानले जितेको छ । सन् २०१९ मा भएको खेलमा ओमानले नेपाललाई ६ विकेटले नै हराएको थियो ।

समूह ए को ग्रुप टुमा रहेको नेपालले समूहचरणमा तीन खेल खेल्नेछ । ओमान पछि शनिबार फिलिपिन्ससँग खेल्ने नेपालले समूहचरणको अन्तिम खेल क्यानडाविरुव खेल्नेछ । नेपाल र क्यानडाबीचको खेल सोमबार हुनेछ । समूहका शीर्ष २ स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?