Logo

खेलाडीमाथी नश्लभेदी टिप्पणी गर्ने चार जना पक्राउ

ई-खेलकुद २०७८ साउन १ , शुक्रबार ०६:०७ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबलको फाईनल खेलका क्रममा खेलाडी माथी नश्लभेदी टिप्पणी गरेको आरोपमा बेलायतको प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
ईटालीविरुद्धको फाईनलका क्रममा पेनाल्टिमा गोल गर्न नसकेका इङ्ग्ल्यान्डका मार्कस रासफोर्ड, बुकायो साका र जाडोन सान्चोमाथि नश्लभेदी टिप्पणी भएको थियो । टिप्पणी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पेनाल्टीमा गोल गर्न नसकेपछि तीन खेलाडीलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भएको थियो ।
उनीहरु पेनाल्टिमा असफल बन्दा इङ्ग्ल्यान्ड युरो कप फुटबलको फाइनलमा ३–२ गोलले हार बेहोर्न पुग्यो । बेलायती फुटबललाई सुरक्षा प्रदान गर्ने निकायले नश्लभेदी टिप्पणी गर्ने थुप्रै रिपोर्ट प्राप्त भएको जनाएको छ । निकायका अनुसार फाइनल खेल समाप्त भएको २४ घण्टाभित्र आठ सय ९७ घटना दर्ता भएको र दुई सय ६४ जनालाई नियन्त्रणमा लिइएको छ । तर स्थानीय प्रहरीले भने दुर्व्यवहारको आरोपमा चार जनालाई पक्राउ गरिएको जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फुटबल खेलाडीलाई दुर्व्यवहारसहितको सन्देश पठाउनेलाई प्रत्यक्ष खेल हेर्न प्रतिबन्ध लगाउने बताएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?