Logo

क्वार्टरफाईनलको दोस्रो लेगमा चेल्सी र पोर्टो तथा पिएसजी र बायर्न भिड्दै

ई-खेलकुद २०७७ चैत्र ३१ , मंगलबार १०:०४ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा आज चेल्सी र एफसी पोर्टो तथा पेरिस सेन्ट जर्मेन पिएसजी र बायर्न म्युनिख प्रतिस्पर्धा गर्दैछन् । दुबै खेल नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ । स्पेनमा चेल्सीबिरुद्ध मैदान उत्रदा एफसी पोर्टो पुनरागमन नतिजाको खोजीमा हुनेछ । पहिलो लेगमा २–० को जित निकालेकाले ईङलिश क्लब भने दबावमुक्त रहेको छ । सेमिफाईनल पुग्न चेल्सीलाई १–० को हारको नतिजापनि अनुकुल रहनेछ । यद्यपी चेल्सी आजको खेलमा पहिलो लेगकै जस्तो नतिजा निकाल्ने प्रयासमा हुनेछ ।
घरेलु मैदानमा बायर्नबिरुद्ध मैदान उत्रदा पिएसजीको लक्ष्य कम्तीमा बराबरीको नतिजा निकाल्नु हुनेछ । पहिलो लेगमा ३–२ को जित निकालेको फ्रान्सेली क्लब घरेलु मैदानमा सुधारिएको नतिजासंगै अन्तिम चारमा स्थान बनाउने प्रयासमा रहेको छ । बार्यनलाई भने सेमिफाईनल प्रबेशका लागि पिएसजीबिरुद्धको खेलमा निक्कै मेहनत आवश्यक छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?