Logo

क्रोएसीया विजयी, पोर्चुगल बराबरीमा रोकियो

ई-खेलकुद २०७७ चैत्र १५ , आईतबार ०६:०३ मा प्रकाशित

एजेन्सी । विश्वकप फुटबलको युरोपेली छनोटमा क्रोएसीया, नेदरल्याण्ड्स, टर्कि र रसीया विजयी भएका छन् । समुह एचको खेलमा क्रोएसीयाले साईप्रसमाथी १–० को कठिन जित निकाल्यो । पहिलो खेलमा रसियासंग पराजित भएको क्रोएसीयाले दोस्रो खेलमा पहिलो अंक जोडेको हो । उसलाई संर्घषपुर्ण जित दिलाउन ४० औ मिनेटमा मारियो पसालिकले गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकांश समय साईप्रसलाई दबावमा राखेको क्रोएसीयाका थप अवसर भने खेर गएका थिए । यो जितले क्रोएसीयालाई ३ अंकमा समुह एचको तेस्रो स्थानमा उक्लिएको छ ।
सोहि समुहको खेलमा रसीयाले स्लोभानियालाई २–१ ले हरायो । विश्वकप छनोटमा रसीयाको यो लगातार दोस्रो जित हो । जितसंगै रसीया ६ अंकमा समुहको शीर्ष स्थानमा छ । माल्टा र स्लोभाकियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
समुह जीको खेलमा टर्कीले नर्बेलाई ३–० ले हरायो । युरोपेली छनोटमा टर्किको यो लगातार दोस्रो जित हो । सोहि समुहको खेलमा जिब्राल्टरबिरुद्ध मोन्टेनेग्रो ४–१ ले विजयी भयो । नेदरल्याण्ड्सले लात्भियालाई २–० ले पराजित गर्यो । विश्वकप छनोटमा डच टोलीलाई पहिलो जित दिलाउन स्टेभन बेर्घुईस र लुक डि जोङले गोल गरे ।
गएरातीका अन्य खेलहरुमा लब्जेम्बर्गले आयरल्याण्डलाई १–० ले तथा बेलारुसले स्टोनियालाई ४–२ गोल अन्तरले हराए । डिएगो जोटाले २ गोल गरेपछि पहिलो हाफमै २–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा लय गुमाउदा अंक बाँड्न बाध्य भयो । चेक रिपब्लिक र बेल्जियमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?