Logo

क्रिष्टियानो रोनाल्डो कोरोनामुक्त

ई-खेलकुद २०७७ कात्तिक १५ , शनिबार ०८:१० मा प्रकाशित

एजेन्सी । युभेन्टसका पोर्चुगीस स्टार क्रिष्टियानो रोनाल्डो कोरोना मुक्त भएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा उनको रिर्पोट नेगेटिभ आएको हो । ३५ बर्षिय रोनाल्डोलाई अक्टोबर १३ मा सक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी आईसोलेशनमा बस्दै आएका थिए । च्याम्पियन्स लिग अन्तर्गगत बार्सिलोनाबिरुद्धको खेल अघि गरिएको परिक्षणमा पनि उनको रिर्पोट पोजेटिभ आएपछि सो खेल गुमाएका थिए । कोरोना सक्रमणका कारण उनले सिरि ए र च्याम्पियन्स लिगका समान २ खेल गुमाएका थिए ।
युईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसंगको खेल अघि रोनाल्डोमा कोरोना सक्रमण पुष्टि भएको थियो । रोनाल्डोले सिरि ए फुटबलको सुरुवाती २ खेलमा तीन गोल गरिसकेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?