Logo

क्रिकेट टोलीको प्रशिक्षण आजबाट सुरु हुदै

ई-खेलकुद २०७८ असार ८ , मंगलबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । विश्वकप लिग टुको दोस्रो सिरिज खेल्ने तयारीमा रहेको टोलीले आजबाट आन्तरिक प्रशिक्षण सुरु गर्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टोलीको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
जुलाई २० देखी स्पेनमा सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षणमा १९ क्रिकेटर सहभागी हुनेछन् । प्रशिक्षण अघि १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण समेत गरिएको थियो ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएका २० मध्ये पृथु बास्कोटाले व्यक्तिगत कारण देखाउदै सहभागी नहुने बताएका छन् । लिग टु अन्तर्गत नेपालले हालसम्म एक सिरिज मात्र खेलेको छ ।
नेपाल ४ खेलमा ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानको ओमानको १० खेलबाट १६ अंक छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?