Logo

क्रिकेटरको पिसीआर भोली हुदै

ई-खेलकुद २०७७ मंसीर ८ , सोमबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । बन्द प्रशिक्षणमा बोलाईएका क्रिकेट खेलाडीको पिसिआर परिक्षण भोली हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीसहित अफिसियलको परिक्षण भोली गर्ने जनाएको हो । बुधबारबाट बन्द परिक्षण सुरु हुने भएपछि क्यानले उपत्यका बाहिर रहेका खेलाडीलाई काठमाण्डौ आउन भनेको थियो ।
प्रशिक्षणमा बोलाईएका सबै खेलाडी काठमाण्डौ आईसकेपनि परिक्षण भने भोली मात्र हुन लागेको हो । प्रशिक्षणस्थल त्रिबि क्रिकेट मैदानमै स्टार हस्पिटलको टोलीले खेलाडीको स्वाव संकलन गर्नेछ ।
यसअघि आजै खेलाडीको परिक्षण गराउन क्यानको तयारी थियो । अस्पातालमै खेलाडी लगेर परिक्षण गर्दा जोखिम हुने भएकाले अस्पातालको टोलीलाई मैदानमै बोलाएर परिक्षण गराउने निर्णय भएकाले एक दिन ढिला परिक्षण हुन लागेको हो ।
राष्ट्रिय टोलीका फिजियो बिक्रम न्यौपानेका अनुसार भोली साँझ वा पर्सी बिहानसम्ममा सबै खेलाडीको रिर्पोट प्राप्त गर्ने गरी परिक्षणको ब्यबस्था मिलाईएको छ ।
आसन्न लिग टुका खेलको तयारीका लागि क्यानले २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । विदेशी प्रशिक्षक नियुक्तिको प्रक्रियामा रहेकाले टोलीलाई प्रशिक्षक जगत टमाटाले प्रशिक्षण गराउनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?