Logo

क्यानले सुरुवाती प्रशिक्षणमा २२ खेलाडीलाई बोलाउने

ई-खेलकुद २०७७ साउन १७ , शनिबार ०३:०८ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले सुरुवाती चरणमा २२ खेलाडीलाई मात्र प्रशिक्षणमा बोलाउने भएको छ । भदौ पहिलो साताबाटै प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको क्यानले खेलाडीसहित ३० जनालाई त्रिबि क्रिकेट मैदानमै आवासिय सुबिधा दिएर प्रशिक्षण सुरु गर्ने जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले २२ खेलाडी र प्रशिक्षक, ब्यबस्थापक र फिजियो गरी थप ८ जनालाई मैदान हाताभित्रै बस्ने ब्यवस्था मिलाएर प्रशिक्षण सुरु गरिने बताए ।
प्रशिक्षणमा सुरु गर्नुअद्धि खेलाडी तथा अन्य सबैको पिसीआर परिक्षण गरिनेछ । त्यसपछि दुई साता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै क्वारेन्टाइनमा राखिनेछ । क्यानले आईसीसीको निर्देशनअनुरूप खेलाडीका लागि त्रिवि मैदान हाताभित्रै आवासीय व्यवस्था मिलाउन लागेको हो । दुई साताको क्वारेन्टीनको बसाईपछि पुन सबैको परिक्षण गरि पुर्ण प्रशिक्षणको व्यवस्था गरिने प्याकुरेलले बताए ।
त्रिवि मैदान हाताभित्र रहेको भीआईपी प्यारापिट र अर्को एक भवनमा खेलाडीलाई आवासीय व्यवस्था मिलाईनेछ । टोलीलाई मैदानमा राखेपछि किर्तिपुर मैदान पुर्ण रुपमा सिल गरिने उनले बताए ।
तत्काल कुनै अन्तराष्ट्रिय सिरिज नभएपनि नामिबिया, स्कटल्याण्ड र नेपालको त्रिकोणात्मक सिरिज गर्न आईसीसीले तयारी गरेसंगै क्यानलाई पशिक्षण सुरु गर्ने दबाव बढेको हो । त्यसबाहेकका स्थगीत भएका सिरिज पनि युएईमा गर्ने गरी आईसीसीले तयारी अघि बढाएको छ ।
त्यसैलाई ध्यानमा राख्दै क्यानले केहि दिनमै सबै खेलाडीलाई बोलाएर प्रशिक्षण थाल्न लागेको हो । खेलाडीहरु पुर्ण स्पमा क्वारेन्टाइनमा रहेर प्रशिक्षण गर्नुपर्नेछ । प्रत्येक दिन खेलाडीको रक्तचाप र तापक्रम परीक्षण हुनेछ । आईसीसीले आफुले दिएको निर्देशन अनुसारको व्यवस्थापनमा प्रशिक्षण गर्न आग्रह गरेकाले भौतिक संरचनाका हिसाबले पनि क्यानलाई निक्कै सकस परेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?