Logo

क्यानद्धारा मुख्य प्रशिक्षकसहित बिभिन्न पदमा आबेदन आब्हान

ई-खेलकुद २०७७ भदौ १८ , बिहीबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आब्हान गरेको छ । भारतीय प्रशिक्षक उमेश पटवालले राजिनामा दिएर गएपछि रिक्त रहेको पदमा क्यानले खुला प्रतिस्पर्धाबाट प्रशिक्षक नियुक्त गर्न लागेको हो । सी ए लेभल थ्री लाईसेन्स प्राप्त ६० बर्ष पार नगरेको एसोसिएट राष्ट्र तथा व्यवसायिक एकेडेमीमा ३ बर्ष काम गरिसकेको व्यक्तिले प्रशिक्षकका लागि दरखास्त दिन सक्नेछन् । पुर्णकालिन प्रशिक्षकको तलब भने निर्धारण गरिएको छैन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको अनुमती पछि क्यानले नयाँ प्रशिक्षकसंगै अन्य पदका लागि पनि दरखास्त आब्हान गरेको हो । क्यानको पदपुर्ति आब्हान एसीयाली क्रिकेट काउन्सील एसीसी र अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको आधिकारीक वेभसाईटमा पनि राखिनेछ ।
योसंगै नेपालमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएको छ । यसअघि आन्तरिक सहमतीमा आईसीसीको समन्वयमा क्यानले प्रशिक्षक नियुक्त गर्दै आएको थियो ।
त्यस्तै क्यानले जनरल म्यानेजर, चिफ फाईनान्स अफिसर, सातै प्रदेशका लागि एक एक जना प्रशिक्षक र क्रिकेज म्यानजर पदमा पनि दरखास्त आब्हान गरेको छ ।

 


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?