Logo

कोहली क्रिकेटका फेडरर हुन : डिभिलियर्स

ई-खेलकुद २०७७ वैशाख ३० , मंगलबार १०:०५ मा प्रकाशित

एजेन्सी । साउथ अफ्रिकाका स्टार एबी डिभिलियर्सले भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली क्रिकेटका रोजर फेडेरर भएको बताएका छन् । आईपीएलको क्लब रोयल च्यालेन्जर्स बैङलोरबाटकोहलीसंगै विगत ९ बर्षयता ड्रेसीङ रुम शेयर गरिरहेका डिभिलियर्सले उनी बिश्वकै सर्बोत्कृष्ट क्रिकेट खेलाडीका रुपमा रहेको उल्लेख गरेका हुन् ।
३६ बर्षिय क्रिकेटर डिभिलियर्सले टेनिसमा रोजर फेडेररको जत्तिकै महत्व क्रिकेटमा कोहलीको भएको उल्लेख गरेका हुन् । ईन्टाग्राम लाईभ छलफलमा उनले कोहलीमा बललाई प्रहार गर्ने प्राकृतिक क्षमता रहेको दाबी समेत गरेका छन् । अष्ट्रेलियन ब्याट्सम्यान स्टेभन स्मिथ टेष्ट वरियतामा पहिलो नम्बरमा रहेको सन्दर्भमा उनले भने– स्मिथपनि उत्कृष्ट ब्याट्सम्यान हुन । उनी बलियो क्षमता भएका क्रिकेटर हुन, उनी राफायल नाडालको तुलनामा छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?