Logo

कोरोनाको मारमा सहिद स्मारक ए डिभिजन लिग

ई-खेलकुद २०७८ माघ २ , आईतबार ०६:०१ मा प्रकाशित

काठमाडौं । कोरोना माहामारीको अवस्था बढ्दै गएसँगै त्यसको प्रभाव सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पनि देखिएको छ । खेलाडीमा कोरोना सक्रमण देखिएपछि आजका लागि तय भएको नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल रोकिएको छ । दर्शकसहित भइरहेको खेलमा अन्य टोलीका खेलाडीहरुपनि सक्रमणको जोखिममा रहेका छन् ।

केहि अफिसियलमा समेत सक्रमण देखिएपछि लिगका आगामी खेलहरु कसरी गराउने भन्नेमा अखिल नेपाल फुटबल संघ एन्फालाई सकस परेको छ । च्यासलको जस्तै अन्य टोलीका खेलाडी र अफिसियलमै सक्रमण देखिँदै गए चुनौती झनै थपिने देखिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा खोप कार्ड भएका दर्शकले पनि अनुमती पाईरहेका छन् ।

पर्याप्त स्वास्थ्य साबधानी समेत नहुँदा खेलाडी र अफिसियलमा त्यसको जोखिम झन बढ्दो छ । अखिल नेपाल फुटबल संघ एन्फाले पनि जारी लिगलाई कसरी टुङग्याउने भनेर आन्तरिक छलफल थालेको छ । मुख्यत लिगका बाँकी खेलहरु खाली रंगशालामा खेलाएर भएपनि लिग सक्ने तयारी एन्फाको छ । तथापी यहि अवस्था कायम रहेर खेलाडी नै मैदान उत्रन नसक्ने परिस्थिती आए लिग रोक्नुको विकल्प पनि एन्फासँग छैन् । माहामारीको अवस्था बढ्दै गएपछि लिगसँगे अफ्रिकी मुलुक मारिसससँगको मैत्रीपूर्ण सिरिज पनि अप्ठेरोमा परेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?