Logo

कोपा अमेरिका : पेरुलाई हराउदै कोलम्बिया तेस्रो

ई-खेलकुद २०७८ असार २६ , शनिबार १०:०७ मा प्रकाशित

एजेन्सी । कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ । आज बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धामा पेरुलाई ३–२ गोल अन्तरले हराउदै कोलम्बियाले तेस्रो स्थान हात पारेको हो ।
नियमित समयको खेल २–२ को अवस्थामा पुगेपनि ईन्ज्युरी समयमा गोल गर्दै कोलम्बिया तेस्रो बनेको हो ।
पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफको चौथो मिनेटमा जुआन कुआड्राडोले गोल गर्दै कोलम्बियालाई बराबरीमा पुर्याएका थिए । लुईस डियाजले ६६ औं मिनेटमा गोल गरेपछि कोलम्बिया २–१ को अवस्थामा पुग्यो ।
खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले गोल गरेपछि पेरु खेलमा फर्किएको थियो ।
इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । यो सिजनको कोपा अमेरिका कपको उपाधिका लागि भोली बिहान आयोजक ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?