Logo

कोपा अमेरिका : पाराग्वेले चिलीलाई हरायो

ई-खेलकुद २०७८ असार ११ , शुक्रबार ०७:०६ मा प्रकाशित

एजेन्सी । पाराग्वे कोपा अमेरिका कप फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेको छ । आज बिहान भएको खेलमा बलियो टोली चिलीलाई २–० ले हराउदै पाराग्वेले अन्तिम आठको यात्रा तय गरेको हो । चिली यसअघिनै अघिल्लो चरणमा प्रबेश गरिसकेको थियो । यो हारसंगै उसले शीर्ष स्थानमा उक्लने मौका भने गुमाएको छ ।
समुह एबाट क्वार्टरफाईनल पुग्ने चारै टोलीको टुंगो लागेको छ । अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले क्वार्टरफाईनलमा स्थान बनाउदा बोलिभिया समुहचरणबाटै बाहिरिएको छ ।
३३ औ मिनेटमा ब्रेन समुदियोको गोलमा अग्रता बनाएको पाराग्वेले दोस्रो हाफमा अर्को गोल थपेको थियो । ५८ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई मिगेल अल्मिरोनले जाली चुमाउदै टोलीलाई सहज जित दिलाए ।
३ खेलबाट ६ अंक जोडेको पाराग्वे समुहको दोस्रो स्थानमा उक्लिएको छ । खेलमा बल पोजिशनमा पकड बनाएपनि चिलीका आधा दर्जन अवसर खेर गएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?