Logo

कोपा अमेरिका कप : फाईनलमा अर्जेन्टिना र ब्राजिलको भिडन्त

ई-खेलकुद २०७८ असार २६ , शनिबार ११:०७ मा प्रकाशित

एजेन्सी । ब्राजिलमा जारी ४७ औ संस्करणको कोपा अमेरिका कप फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । रियो दि जेनेरियोमा हुने फाईनल खेल नेपाली समयानुसार भोली बिहान पौने ६ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली उपाधि हात पार्ने योजनामा रहनेछन् । फाईनल अघि ब्राजिलका राष्ट्रपतिले दिएको अभिब्यक्तिका कारणपनि यसको महत्व थप चुलिएको छ । उनले अर्जेन्टिनालाई ५–० ले हराउदै आफ्नो मुलुकले उपाधि रक्षा गर्ने दाबी गरेका थिए ।
कोपा अमेरिकाको पछिल्लो पाँच खेलमा अर्जेन्टिनामाथि ब्राजिल हाबी भएको देखिन्छ । पछिल्लो पटक सन् २०१९ को सेमिफाइनलमा ब्राजिल २–० ले बिजयी भएको थियो । सन् २००७ को कोपा अमेरिका फाइनलमा ब्राजिलसँग अर्जेन्टिना ३–० ले पराजित भएको थियो । राष्ट्रिय टोलीबाट पहिलो पटक कोपा अमेरिकाको फाइनल खेलेका मेस्सीको टोली ३–० ले पराजित भएको थियो । सन् २०२१ सम्म आइपुग्दा मेस्सीको कप्तानीमा अर्जेन्टिना ब्राजिल विरुद्ध उत्रदैछ ।
आयोजक ब्राजिलाई हराउदै उपाधि जित्न सके क्लब फुटबलमा सफल मानिएका मेस्सीले राष्ट्रिय टोलीमा पनि सफल खेलाडीको पहिचान बनाउनेछन् । त्यस्तै सन् २००४ को कोपा अमेरिका फाइनलमा ब्राजिल र अर्जेन्टिना नै भिडेका थिए । सो खेलमा पेनाल्टी सुटआउटमा ब्राजिलले बाजी मारेको थियो । सन् १९९९ को कोपा अमेरिकामा क्वाटरफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो । सन् १९९५ को क्वाटरफाइनलमा ब्राजिलले बाजी मारेको थियो । दक्षिण अमेरिकाका दुई ठूला टोली १ सय ११ पटक आमने सामने भएका छन् । जसमा अर्जेन्टिनाले ४६ खेलमा बिजयी भएको थियो । ब्राजिल ४० खेलमा बिजयी हुँदा २५ खेल बराबरीमा सकिएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?