Logo

कुशल र आरिफको अर्धशतकमा पिएनजीविरुद्व नेपालको शानदार जित

ई-खेलकुद २०७८ चैत्र ८ , मंगलबार ०५:०३ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको खेलमा नेपालले पपुवा न्युगिनी पिएनजीलाई दोस्रो पटक हराएको छ । युएईमा जारी सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पिएनजीलाई ७ विकेटले हराएको हो । पिएनजीले दिएको १ सय ७४ रनको सामान्य चुनौती नेपालले ३७ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
कुशल भुर्तेल र आरिफ शेखले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेपछि नेपालले सहजै लक्ष्य भेट्टाएको हो । चौथो विकेटका लागि शेख र रोहित कुमार पौडेलले ७७ रनको साझेदारी गरे । भुर्तेलले ५० र शेखले अबिजित ५९ रनको योगदान गरे । रोहित कुमार पौडेल ४४ रनमा नटआउट रहे । स्कोर बोर्डमा १० रन हुँदा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले त्यसपछि भने लय समाएको थियो । पिएनजीका कार्लेस अमिनीले २ तथा काबुआ मोरियाले एक विकेट लिए ।
यसअघि युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर व्याटिङमा उत्रिएको पिएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रनको योगफल तयार पारेको थियो। कप्तान असद भालाले सर्बाधिक ४५ रन बनाएको ईनिङसमा लेगा सियाकाले २०, सेसे बाउले १९ र नोरमन भानुवाले १८ रन जोडे । चाद सोपर २२ र काबुआ मोरिया १७ रनमा अबिजित रहँदा कार्लेस अमिनीले १३ रन बनाए ।
नेपालका सन्दिप लामिछाने र सोमपाल कामीले समान २ तथा करण केसी, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए । जितसँगै नेपालको १२ खेलबाट १२ अंक भएको छ । नेपाल तालिकाको छैटौ स्थानमा कायम छ । पिएनजी २ अंकमा पुछारमा रहेको छ । उसले १६ खेल खेलेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?