Logo

काठमाण्डौ र पोखराको गोलरहित बराबरी

ई-खेलकुद २०७८ वैशाख १७ , शुक्रबार ०७:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आजको एक मात्र खेल बराबरीमा सकिएको छ । आज भएको प्रतिस्पर्धामा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले गोलरहित बराबरीको नतिजा हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएका निक्कै राम्रा अवसर खेर फाल्दा अंक बाँड्न बाध्य भए ।
काठमाण्डौले दोस्रो हाफमा बल पोजिशनमा पकड बनाएपनि बललाई पोष्टको दिशा भने दिन सकेन् । पहिलो हाफमा पोखराले काठमाण्डौलाई दबावमा राखेको थियो । खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतानले गोल गरेका थिए । तर, अम्पायरले अफसाइड पोजिसन घोषणा गरेपछि सो गोलले मान्यता पाउन सकेन् ।
खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । बराबरीसँगै दुबै टोलीले ३ खेलबाट समान ४ अंक जोडेका छन् । यो नतिजापछि पोखरा तेस्रो र काठमाण्डौ चौथो स्थानमा उक्लिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?