Logo

काठमाण्डौ मेयर ११ टोलीको घोषणा

ई-खेलकुद २०७७ फागुन १७ , सोमबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । आसन्न काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि काठमाडौं मेयर–११ को टोली घोषणा गरिएको छ । फागुन २२ गतेबाट सुरु हुने प्रतियोगीताका लागि नेपाल क्रिकेट संघ क्यानले काठमाण्डौ मेयर ११ टोलीको घोषणा गरेको हो । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै टोलीको नाम सार्बजनिक गरेको हो ।
टोलीमा सिद्धान्त लोहनी, सौरभ खनाल, विवेक यादव, अर्जुन कुमाल, बिक्रम भुसाल, अनुज चुनारा,रविन्द्र जंग शाही र नारायण जोशी परेका छन् । टोलीका अन्य सदस्यहरुमा रहेका हरि शंकर शाह,विपिन खत्री,कृष्ण कार्की,अनिल खरेल,सन्दीप रजाली, विपिन रावल र खडक बहादुर बोहरा रहेका छन् । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीताको सेमीफाईनल पुग्न नसकेका टोलीमा रहेका खेलाडीलाई समेट्दै क्यानले टोली बनाएको हो ।
फागुन २९ सम्म चल्ने प्रतियोगीतामा ५ टोलीको सहभागीता रहनेछ । प्रतियोगीताका खेलहरु काठमाण्डौका त्रिबि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी , एपीएफ , नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?