Logo

काठमाण्डौ मेयर कप क्रिकेट प्रतियोगीता आज सुरु हुदै

ई-खेलकुद २०७७ फागुन २२ , शनिबार ०७:०३ मा प्रकाशित

काठमाण्डौ । पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगीता आज सुरु हुदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा काठमाण्डौ महानगरपालिकाको सहयोगमा प्रतियोगीता सुरु हुन लागेको हो ।
५ टोली सहभागी प्रतियोगीताको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ प्रतिस्पर्धा गर्नेछन् । किर्तिपुर स्थित त्रिबि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस र बाग्मती प्रदेश प्रतिस्पर्धामा उत्रनेछन् । राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीतामा शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीताको विजेताले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैया हात पार्नेछन् । त्यस्तै सर्बोत्कृष्ट खेलाडीले ५० हजार पाउदा बिधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैया हात पार्नेछन् ।
यहि प्रतियोगीताबाट नेपाली क्रिकेटरले पहिलो पटक म्याच फि प्राप्त गर्नेछन् । क्यानले हरेक खेलमा खेलाडीलाई २ हजार म्याच फि उपलब्ध गराउने जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?