Logo

काठमाण्डौलाई हराउदै पुलिस मेयर्स कपको फाईनलमा

ई-खेलकुद २०७७ फागुन २६ , बुधबार ०४:०३ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ । समुहचरणको आफ्नो अन्तिम खेलमा काठमाण्डौ मेयर ११ लाई १ सय ३ रनको फराकिलो अन्तरले हराउदै पुलिसले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ ३१ द्यशमलव २ ओभरमा ९४ रनमा अलआउट भयो । कप्तान सन्दिप लामिछानेले बनाएको २६ रन नै काठमाण्डौको ईनिङसको सर्बाधिक स्कोर रह्यो । कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन जोडे । काठमाण्डौका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । काठमाण्डौलाई झिानो स्कोरमा समेट्न पवन सर्राफले ४ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३ र ललित नारायण राजवंशीले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको पुलिस ४७ दशमलव ४ ओभरमा १ सय ९७ रनमा समेटिएको थियो । उसको जितमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । कुशल भुर्तेलले ३४ र पवन सर्राफले २८ रन जोडे । दिपेन्द्र सिंह ऐरीले २४,सुनिल धमलाले २२ र दिलिप नाथले १२ रन जोडे । काठमाडौंका सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले समाान ३ विकेट लिए । जितसँगै पुलिसले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाईनलमा स्थान बनाएको हो । काठमाण्डौको ३ खेलबाट २ अंक छ । उसले समुहचरणको अन्तिम खेल नेपाल एपीएफसंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?