Logo

कर्णालीलाई हराउँदै सुदुरपश्चिमलाई पहिलो अंक

ई-खेलकुद २०७८ पुस २९ , बिहीबार १२:०१ मा प्रकाशित

काठमाडौं । सुदुरपश्चिम प्रदेशले पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सुदुरपश्चिमले प्रतियोगीतामा पहिलो जित निकालेको हो । समूह ए अन्तर्गत त्रिवी क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा १९ दशमलव १ ओभरमा १ सय ६ रनमा समेटियो । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ र अर्जुन घर्तीले ३० रन बनाए । सुदुरपश्चिमका शेर मल्लले ४ तथा हेमन्त धामीले दुई विकेट लिए । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीको नाममा समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ८ विकेट गुमाउदै १ सय ५३ रन बनाएको थियो । सुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । वसन्त कार्कीले २८, दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको बनाए । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए । दिनेश अधिकारीको नाममा एक विकेट रह्यो ।
आजैका लागि मुलपानी क्रिकेट मैदानमा तय भएको त्रिभुवन आर्मी क्लब र प्रदेश एक बीचको खेल भने मैदान भिजेका कारण स्थगीत भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?