Logo

कप्तान मेस्सीको सपना पुरा !

ई-खेलकुद २०७८ असार २७ , आईतबार ०८:०७ मा प्रकाशित

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले करियरको अन्त्यमा आफ्नो सपना पुरा गरेका छन् । विश्वकप र युरोकपको फाईनलमा पुगेर पनि मुलुकलाई उपाधि दिलाउन असफल बनेका ३४ बर्षिय मेस्सीले यसपटक भने आफ्नो सपना पुरा गरेका हुन् । टोलीको कप्तान भएयता उनको नेतृत्वमा राष्ट्रिय टोलीले उपाधि जित्न नसक्दा मेस्सीको निक्कै आलोचना हुने गरेको थियो । यसपटक भने उनले आफ्नो लामो समयदेखीको सपना पुरा गरेका हुन् ।
कोपा अमेरिका कपको फाईनलमा आयोजक ब्राजिललाई हराउदै अर्जेन्टिनाले १५ औ पटक प्रतियोगीताको उपाधि जित्यो । तर उसलाई कोपा अमेरिकाको उपाधि जित्न २८ बर्ष कुर्न परेको थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।
अर्जेन्टिनाले सन् १९९३ मा मेक्सीकोलाई हराएर कोपा अमेरिका कप फुटबलको उपाधि जितेको थियो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जितेको यो नै हालसम्मकै ठुलो उपाधि हो ।
रियो दि जेनेरियोस्थित मराकना स्टेडियममा एन्जल डि मारियाले खेलको २२ औ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । रोड्रीगो डि पउलको क्रसमा उनले बललाई पोष्टको दिशा दिएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?