Logo

कप्तान मल्लसहित ३ क्रिकेटरलाई कोरोना पोजेटिभ

ई-खेलकुद २०७७ मंसीर १० , बुधबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ क्रिकेटरलाई कोरोना सक्रकमण पुष्टि भएको छ । बन्द प्रशिक्षण सुरु हुनु अघि हिजो सबै खेलाडी ग्राउण्ड स्टाफ र अफिसियलको हिजो स्वाव संकलन गरिएको थियो । आज आएको रिर्पोटमा कप्तान मल्लसहित तीन खेलाडीमा सक्रमण देखिएको हो । मल्लसंगै उपकप्तान दिपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेललाई सक्रमण देखिएको हो । त्यस्तै स्टाफ प्रदिप लामालाई पनि कोरोना सक्रमण देखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अन्यको रिर्पोट भने नेगेटिभ आएको छ । बन्द प्रशिक्षण अघि हिजो १६ खेलाडी, १६ ग्राउण्ड स्टाफ र ३ अफिसियल गरी ३५ जनाको स्वाव संकलन गरिएको थियो ।
कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्द आफुलाई सक्रमण पुष्टि भएको जनाएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई साबधानी अपनाउन आग्रह गरेका छन् ।
रिर्पोटमा पोजेटिभ देखिएपनि आफुमा कुनै सक्रमण नरहेको मल्लले उल्लेख गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?