Logo

कतार विश्वकपमा दर्शकको क्रेज, झण्डै ९ लाख टिकट अग्रीम बिक्रि

ई-खेलकुद २०७८ चैत्र २७ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाडौं । कतारमा यसैबर्ष हुने विश्वकप फुटबल हेर्न खुलाइएको अग्रिम टिकटमा दर्शकको ठुलो आवेदन परेको छ । खाडीको राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपका लागि विश्वभरबाट अनलाइन टिकट लिनेको संख्या उच्च देखिएको हो । कतार फुटबल संघका अनुसार हालसम्म झण्डै ९ लाख टिकट बिक्रि भइसकेको छ । कतारका बिभिन्न ८ रंगशालामा हुने विश्वकप फुटबलका लागि फिफाले बिभिन्न ५ प्रकारका टिकटको बिक्रि खुला गरेको थियो । त्यसमा ८ लाख ८० हजारभन्दा बढिको आवेदन परेको क्युएफएले जनाएको छ । उसले अग्रीम टिकट बुकिङ गरेका दर्शकलाई अप्रिल ३१ भित्रमा रकम भुक्तानी गर्न भनेको छ । कतार विश्वकपका लागि समर्थक टिकट र व्यक्तिगत टिकटमा आवेदनको ओईरो लागेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?