Logo

ओसाकाले फ्रेन्च ओपन नखेल्ने

ई-खेलकुद २०७७ असोज २ , शुक्रबार ०७:०९ मा प्रकाशित

एजेन्सी । युएस ओपन टेनिसकी विजेता जापानी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् । उनले चोटका कारण आफुले फ्रेन्च ओपन खेल्न नसक्ने उल्लेख गरेकी हुन् । फ्रेन्च ओपन टेनिस पेरिसमा सेप्टेम्बर २७ मा सुरु हुदैछ । आफु पुर्ण रुपमा फिट हुन अझै समय लाग्ने भएकाले फ्रेन्च ओपनका लागि उपलब्ध हुन नसक्ने उनले उल्लेख गरेकी हुन् । तिघ्राको मांसपेसीमा समस्या देखिएपछि उनी त्यसको उपचार गरिरहेकी छिन् । गत साता भएको युएस ओपनको फाईनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई हराउदै ओसाकाले तेस्रो ग्राण्डस्लामको उपाधि हात पारेकी थिईन् ।
तेस्रो बरियताकी २२ बर्षिय ओसाकाले सन् २०१९ को अष्ट्रेलियन ओपन पनि जितेकी थिईन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?