Logo

ए डिभिजन लिग : थ्रीस्टार र एनआरटीको बराबरी

ई-खेलकुद २०७८ पुस ३ , शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अनतर्गत पाँचौ चरणको तेस्रो खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा थ्रीस्टार र न्युरोड टिम एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले केहि राम्रा अवसर खेर फालेका थिए । खेलमा थ्रीस्टारले बल पोजिशनमा पकड बनाएपनि गोल गर्ने अवसरको भने सदुपयोग गर्न सकेन् । काउन्टर अट्याकमा एनआरटीले पनि केहि मौका बनाएको थियो । तर उसका सबै प्रयास असफल बने ।

यो बराबरीसँगै दुबै टोलीले तालिकमा फड्को मार्ने अवसर समेत गुमाएका छन् । आजको नतिजापछि थ्रीस्टार ६ अंक सहित तालिकाको छैटौं स्थानमा छ । समान अंक रहेको न्युरोड टिम एनआरटी एक स्थानपछि रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?