Logo

ए डिभिजन लिग : तेस्रो चरणका खेलहरु आज सुरु हुँदै

ई-खेलकुद २०७८ मंसीर १७ , शुक्रबार ०८:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेलहरू आजदेखि सुरू हुदैछ। दशरथ रङ्गशालामा आज पहिलो खेलमा पाटनका दुई क्लब थ्री स्टार र फ्रेण्डसबीच प्रतिस्पर्धा हुनेछ। जहाँ अघिल्लो खेलमा नवप्रवेशी सातदोबाटोसँग हारेको थ्री स्टार जारी लिगको दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा च्यासललाई हराएको थ्री स्टारले दुई खेलबाट मात्र ३ अंक बनाएको छ। उपाधि होडलाई जिवितै राख्न थ्री स्टारलाई जित जरूरी छ। तर पछिल्ला तीन खेलमा थ्री स्टारको समस्या फिनिसिङ देखिएको छ। दुई खेलमा तीन गोल गरेको थ्री स्टारको तीनै गोल डिफेन्डरले गरेका हुन्। यता फ्रेन्डसले भने जित निकाल्न सकेको छैन्। दुई खेलमा उसँग मात्र एक अंक रहेको छ।
आजै हुने दोस्रो खेलमा सातदोबाटोको सामना एपिएफले गर्नेछ। दुई खेलमा एकमा जित र एकमा बराबरी खेलेर नवप्रवेशी भएपनि बलियो टिमको छवि बनाएको सातदोबाटोलाई महत्वपूर्ण तीन अंक जोडने मौका रहेको छ। एपिएफले जारी लिगमा अंकको खाता खोल्न सकेको छैन्।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?