Logo

ए डिभिजन लिगमा संकटाले पुलिसलाई हरायो

ई-खेलकुद २०७८ मंसीर २७ , सोमबार ०४:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको छ । चौथो चरणको खेलमा संकटाले पुलिसविरुद्ध १–० को संर्घषपूर्ण जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जिताउन निरज बस्नेतले निर्णायक गोल गरे । खेलको १८ औं मिनेटमा बस्नेतले गरेको गोल संकटालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । जारी लिगमा उनको यो तेस्रो गोल हो । सुरुवातबाटै आक्रामक रुपमा प्रस्तुत भएको संकटाले पहिलो हाफमै अन्य अवसर बनाएको थियो । तर उसले ती अवसरको सदुपयोग गर्न सकेन् ।
खेल अबधीभर पुलिसले भने गोलको खासै अवसर बनाउन सकेन् । यो जितसँगै संकटा तालिकाको चौथो स्थानमा उक्लिएको छ । ४ खेलबाट उसको ८ अंक भएको छ । समान खेलबाट ५ अंक जोडेको पुलिस भने आठौ स्थानमा धकेलिएको छ । खेलमा संकटाका निरज म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?