Logo

ए डिभिजन लिगमा फ्रेन्डसको पहिलो जित

ई-खेलकुद २०७८ माघ २८ , शुक्रबार ०३:०२ मा प्रकाशित

काठमाडौं । फ्रेन्डस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशौं चरणको खेलमा उसले ब्रिगेड व्वाईज क्लबलाई ५–२ को फारकिलो अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्डसलाई जिताउन सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे । श्याम बाबु केप्छ्याकीको नाममा एक गोल रह्यो । ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले गोल फर्काए । पहिलो हाफमा ३–१ को अग्रता लिएको फ्रेन्डसले दोस्रो हाफमा एक गोल खाँदै २ गोल थपेको थियो ।
यो जितसँगै फ्रेन्ड्स तत्कालका लागि रेलिगेसन जोनबाट माथी उक्लिएको छ । १० खेलबाट ६ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको हो । हारसँगै ब्रिगेड व्वाईज भने तालिकाको १३ औं स्थानमा धकेलिएको छ । समान ६ अंक भएपनि ब्रिगेड गोल अन्तरमा पछि परेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?