Logo

ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेजको निरन्तरता

ई-खेलकुद २०७८ मंसीर १ , बुधबार ०६:११ मा प्रकाशित

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेजले निरन्तरता पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र कतार एयरवेजबिच नयाँ सिजनको लिगका लागि सम्झौता नवीकरण भएको हो । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै लिगको नामका अगाडी कतार एयरवेज जोडिने भएको छ ।
प्रायोजन बापत कतार एयरले एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउनेछ । यसअघि सन् २०१९–२० को सिजनमा पनि कतार एयरले ए डिभिजन लिगको मुख्य प्रायोजन गरेको थियो । यो पटकको सहिद स्मारक ए डिभिजन लिग फुटबल शुक्रबारबाट सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?