एजेन्सी । इटालियन सिरी ए फुटबलको लिग लिडर एसी मिलानपछिल्लो खेलमा स्पेजियासँग पराजित भएको छ । स्पेजियाको मैदानमा गएारती भएको खेलमा एसी मिलान २–० ले स्तब्ध भएको हो । घरेलु मैदानमा स्पेजियालाई जिताउन जिउलियो मागिओरे र सिमोन बास्टोनीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औँ मिनेटमा मागिओरेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६७ औँ मिनेटमा बास्टोनीले गोल गर्दै स्पेजियालाई जित दिलाए । यो जितले स्पेजियालाई २४ अंकमा तालिकाको १४ औ स्थानमा पुर्याएको छ । हारका बाबजुत पनि मिलान ४९ अङ्कमा तालिकाको शीर्ष स्थानमा कायम छ ।
गएराती नै साविक विजेता युभेन्टस नापोलीसंग १–० ले स्तब्ध भएको छ । लोरेन्जो ईन्सीग्नेले ३१ औ मिनेटमा पेनाल्टिमार्फत गरेको गोल नापोलीको जितमा पर्याप्त बनेको थियो । यो जितले नापोलीलाई ४० अंकमा तालिकाको चौथो स्थानमा पुर्याएको छ । युभेन्टस भने ४२ अंकमा तेस्रो स्थानमा कायम छ ।
टोरिनो र जिनोआले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।