Logo

एसी मिलानलाई हराउदै ईन्टर सेमिफाईनलमा

ई-खेलकुद २०७७ माघ १४ , बुधबार ०६:०१ मा प्रकाशित

एजेन्सी । ईन्टर मिलान कोपा ईटालिया कप फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । क्वार्टरफाईनल खेलमा शहरी प्रतिद्धन्दी एसी मिलानलाई २–१ गोल अन्तरले हराउदै ईन्टरले अन्तिम चारको यात्रा तय गरेको हो । खेलमा अग्रता भने एसी मिलानले खेलको ३१ औ मिनेटमा जलटन ईब्राहिमोबिचको गोलमा लिएको थियो । ७१ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई रोमेलु लुकालुले गोलमा परिणत गर्दै ईन्टरलाई बराबरीमा पुर्याएका थिए । खेलको ईन्ज्युरी समयमा क्रिष्टियन एरिक्सनले गोल गर्दै ईन्टरलाई जित दिलाए ।
खेलमा बल पोजिशनमा पकड बनाएपनि ईन्टरले पाएका थप अवसर भने सदुपयोग गर्न सकेन् । कोपा ईटालियामा आज एटलान्टा र लाजियो प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?