Logo

एसी मिलानलाई शीर्ष स्थानमा ४ अंकको अग्रता

ई-खेलकुद २०७७ पुस २६ , आईतबार ०७:०१ मा प्रकाशित

एजेन्सी । इटालीयन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता लिएको छ । गएरातीको खेलमा टोरिनोलाई २–० ले हराउदै मिलानले सिजनको १२ औ जित हात पारेको हो । मिलानको जितमा राफेल लियो र फ्रान्क केसीले गोल गरे । उसले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । टोरिनोबिरुद्धको खेलमा एसी मिलानका स्टाईकर जलाटन ईब्राहिमोबिच चोटमुक्त हुदै मैदान फर्किएका थिए । मिलानको १७ खेलबाट ४० अंक भएको छ । इन्टर मिलान ३६ अंकमा दोस्रो स्थानमा छ । गएराती नै एटलान्टाले बेनेभेन्टोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । यो जितले एटलान्टालाई तालिकाको चौथो स्थानमा पुर्याएको छ । अर्को खेलमा जिनोआले बोलोग्नालाई २–० ले हराएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?