Logo

एसीयाकप क्रिकेट यो बर्ष नहुने

ई-खेलकुद २०७८ जेठ ७ , शुक्रबार ०६:०५ मा प्रकाशित

एजेन्सी । श्रीलंकामा आगामी जुनमा हुने तय भएको १५ औ संस्करणको एसीसी एसीया कप टि–२० क्रिकेट प्रतियोगीता स्थगीत भएको छ । एसीयाली क्रिकेट काउन्सील एसीसीले कोरोना माहामारीको कारण देखाउदै प्रतियोगीता स्थगीत गर्ने निर्णय गरेको हो । ६ टोलीले प्रतिस्पर्धा गर्ने एसीयाकप अब अर्को बर्ष श्रीलंकामै हुनेछ । कोरोना माहामारीका कारण एसियाकपको छनोट खेलपनि रोकिएपछि प्रतियोगीता अन्योलमा परेको हो । मलेसीयामा हुने तय भएको छनोट खेलपनि हुन नसकेको तथा कोरोना माहामारीको असर थप बढ्दो क्रममा रहेको भन्दै एसीसीले यो बर्षको प्रतियोगीता स्थगीत गर्ने निर्णय गरेको हो । आईसीसी बरियतामा शीर्ष ५ स्थानमा रहेका एसीयाली मुलुकहरु प्रतियोगीतामा स्वत छनोट हुनेछन् । बाँकि एक टोली प्रतियोगीतबाट छनोट हुनेछन् । वरियतामा रहदै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै प्रतियोगीता खेल्नेछन् । बा“कि एक टोलीको टुंगो लाग्न बाँकि रहेको छ । रिजनल छनोटबाट आएका ४ टोली अन्तिम छनोटमा रहेका छन् । पुर्बी क्षेत्रीय छनोटबाट सिंगापुर र हङकङ तथा पश्चिम क्षेत्रीय छनोटबाट युएई र कुवेत रहेका छन् । नेपाल भने क्षेत्रीय छनोटबाटै बाहिरिसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?