Logo

एसियाली–ओसनिया जुडो च्याम्पियनसिप खेल्ने टोली आज जादै

ई-खेलकुद २०७७ चैत्र २० , शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । एसियाली–ओसनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित सात सदस्यीय नेपाली जुडो टोली आज किर्गिस्तानको बिस्केक जादैछ । आईतबारबाट ६ दिनसम्म चल्ने प्रतियोगितामा नेपालबाट एक पुरुष र तीन महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पूनम श्रेष्ठले चुनौती प्रस्तुत गर्नेछन् । किर्गीस्तान जाने सबै खेलाडी १३ औ दक्षिण एसीयाली खेलकुद सागका पदक विजेता खेलाडी हुन् । देविका र पूनमले सागमा स्वर्ण जितेका थिए । ईन्द्रले रजत तथा सोनियाले कास्य जितेका थिए । ओलम्पिक ¥याङकिङको रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १ सय २३ पुरुष र ९५ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?