Logo

एसियन महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

ई-खेलकुद २०७८ जेठ २ , आईतबार ०८:०५ मा प्रकाशित

काठमाण्डौ । चीनमा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको आयोजनास्थल परिवर्तन भएको छ । एसीयन भलिबल महासंघ एभीसीले प्रतियोगीता फिलिपिन्समा गर्ने निर्णय गरेको हो । यसअघि आयोजनाको जिम्मा पाएको चीनले अन्तिम समयमा हात झिकेपछि फिलिपिन्सले प्रतियोगीता गराउने जिम्मा पाएको हो कोरोना माहामारीको बढ्दो प्रभाव तथा अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्द्धका कारण चीनले प्रतियोगीता गर्न नसक्ने जनाएको हो । अगष्ट २९ देखी सेप्टेम्बर २१ सम्म चल्ने प्रतियोगीतामा नेपाली महिला टोलीको पनि सहभागीता रहने छ ।
फिलिपिन्सले यसअघि दुई पटक प्रतियोगिताको आयोजना गरिसकेको छ । उसले सन् १९९७ र २०१७ मा प्रतियोगिताको आयोजना गरेको थियो । पुरुषतर्फको सिनियर भलिबल च्याम्पियनसिप भने जापानले आयोजना गर्ने भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?