Logo

एम्बाप्पे र डि मारियाको गोलमा पिएसजीको जित

ई-खेलकुद २०७७ असोज ५ , सोमबार ०८:०९ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा दोस्रो जित निकालेको छ । सिजनको चौथो खेलमा गएराती नाईसलाई ३–० ले हराउदै पिएसजीले तालिकामा सुधार गरेको हो । पिएसजीको जितमा केलियन एम्बाप्पे, एन्जल डि मारिया र मार्किन्हसले गोल गरे । खेलको ३८ औ मिनेटमा एम्बाप्पेले पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा डि मारियाले टोलीको अग्रता दोब्बर पारे । ६६ औ मिनेटमा मार्किन्हसले गोल गरेपछि पिएसजी सहज जित निकाल्न सफल बन्यो । सुरुवाती २ खेल गुमाएको पिएसजीले त्यसपछिका दुबै खेलमा जित निकालेको हो ।
गएरातीका अन्य खेलहरुमा ब्रेष्ट, मेट्ज, मोन्टपिलियर र स्टार्सबर्ग विजयी भएका छन् । गएरातीका २ खेल भने बराबरीमा सकिएका छन् । नान्टेस र सेन्ट ईट्टीने तथा लिली र मार्सेलीले बराबरीको नतिजा निकालेका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?