Logo

एभर्टनले आर्सनललाई हरायो

ई-खेलकुद २०७८ वैशाख ११ , शनिबार ०७:०४ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा एभर्टन विजयी भएको छ । आर्सनललाई १–० ले हराउदै एभर्टन आठौ स्थानमा बलियो बनेको हो । आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा ७६ औ मिनेटमा पाएको उपहार गोल नै एभर्टनको जितमा निर्णायक बन्यो । ब्रेन्ड लेनोले आफ्नै पोष्टमा गोल गरेपछि एभर्टनले खेलमा अग्रता बनाएको थियो । पाहुना टोलीमाथी अधिकांश समय दबाव बनाएपनि आर्सनलले पाएका अवसर सदुपयोग गर्न सकेन् ।
यो जितले शीर्ष पाँचमा पुग्ने एभर्टनको संभावना जिवितै बनाएको छ । ३२ खेलबाट ५२ अंक् जोडेको एभर्टन पाँचौ स्थानको वेष्टह्याम युनाईटेडभन्दा ३ अंकले पछि छ । प्रिमियर लिगमा आज थप ३ खेल हुदैछन् । आज लिभरपुल र न्यु क्यासल युनाईटेड, चेल्सी र वेष्टह्याम युनाईटेड तथा ब्राईटन एण्ड होभ एल्बियन प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?