Logo

एफए कप फुटबलको सेमिफाईनलमा आर्सनल र म्यान सिटि भिड्दै

ई-खेलकुद २०७७ साउन ३ , शनिबार ०२:०७ मा प्रकाशित

एजेन्सी । एफए कप फुटबलको पहिलो सेमिफाइनलमा आज म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुदैछ । वेम्बली स्टेडियममा नेपाली समयानुसार राती साढे १२ बजे यी दुई टोलीबिचको सेमिफाईनल भिडन्त सुरु हुनेछ । दुबै टोली जित निकाल्दै फाईनल प्रबेशको योजनामा छन् । किर्तिमानी १३ पटकको विजेता आर्सनल म्यान सिटिलाई हराउदै अर्को उपाधि नजिक पुग्ने योजनामा छ ।
साविकको विजेता सिटि पनि आफ्नो उत्कृष्ट लय कायम राख्दै उपाधि यात्रा बलियो बनाउने योजनामा छ । आर्सनलले क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई तथा सिटीले न्युकासल युनाइटेडलाई हराउदै सेमिफाईल यात्रा तय गरेका हुन् ।
आजको विजेताले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?